नेपाल लाइफ र नेशनल लाइफको प्रथम बीमा शुल्क आम्दानीमा उच्च बृद्धि, सूर्यज्योतिसहित ९ कम्पनीको घट्यो (तथ्याङ्कसहित)

१० फाल्गुन २०८०, बिहीबार १९:३०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आवको माघ महिनासम्ममा गरेको कूल व्यवसायमा प्रथम बीमा शुल्कको हिस्सा १६ अर्बभन्दा माथि रहेको छ । सो मध्ये नेपाल लाइफ र नेशनल लाइफ सहितका पाँच कम्पनीको प्रथम बीमा शुल्क आम्दानी उच्च अंकले बृद्धि भएको छ भने सुर्यज्योति लाइफसहित ९ बीमा कम्पनीको प्रथम बीमा शुल्क घटेको छ ।

सात महिनाको अवधीमा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क संकलन दुई प्रतिशतले घटेको छ ।

देशका सर्वाधिक ठूलो नेपाल लाइफको प्रथम बीमा शुल्क आम्दानी २१.३० प्रतिशतले बृद्धि भई तीन अर्ब ६७ करोड नाघेको छ । गत आवको यसै अवधीमा यस्तो रकम तीन अर्ब तीन करोड रहेको थियो । त्यस्तै, दोस्रोमा रहेको नेशनल लाइफको प्रथम बीमा शुल्क १८.७१ प्रतिशतले बृद्धि भई दुई अर्ब ३५ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ । गत आवको यसै अवधीमा कम्पनीले एक अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेकोमा आर्थिक संकटका बीचमा कम्पनीले उच्च प्रगति गर्न सफल भएको बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्याङ्कमा देखिएको छ ।

त्यस्तै, सूर्यज्योति लाइफको प्रथम बीमा शुल्क २२.०६ प्रतिशतले घटेर एक अर्ब ४७ करोडबाट एक अर्ब १५ करोडमा सीमित हुन पुगेको छ । त्यस्तै, एलआईसी नेपालको प्रथम बीमा शुल्क ८.७५ प्रतिशतले तल झरेर एक अर्ब ३१ करोडबाट एक अर्ब १९ करोडमा सीमित हुन पुगेको छ । समीक्षा अवधीमा सानिमा रिलायन्सको नयाँ बीमा व्यवसाय १३.८१ प्रतिशतले घट्दा सन नेपाल लाइफको २९ प्रतिशत, रिलायबल नेपाल लाइफको ९.९८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २६.४६ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको १०.७५ प्रतिशतले तल झरेको देखिएको छ ।

नयाँ व्यवसायको आधारमा जीवन बीमा कम्पनीहरुको पछिल्लो आर्थिक गतिविधि र अभिकर्ताको चलायमानको अवस्था संकेत गर्दछ । जीवन बीमा कम्पनीहरुले सात महिनामा संकलन गरेको १७ अर्ब प्रथम बीमा शुल्क मध्ये सबैभन्दा धेरै नेपाल लाइफले तीन अर्ब ६७ करोड, नेशनल लाइफले दुई अर्ब ३५ करोड, हिमालयन लाइफले एक अर्ब २० करोड, एलआईसी नेपालले एक अर्ब १९ करोड, सुर्यज्योति लाइफले एक अर्ब १५ करोड, सिटिजन लाइफले ९५ करोड एशियन लाइफले ८९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै, सानिमा रिलायन्सले ८५ करोड, सन नेपालले ७७ करोड, आइएमई लाइफले ७६ करोड, रिलायबल नेपाल लाइफले ७४ करोड, मेट लाइफले ७२ करोड, प्रभु महालक्ष्मी लाइफले ४५ करोड र राष्ट्रिय जीवन बीमा कम्पनीले जम्मा ३५ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*