पुँजीवृद्धिको तयारीमा रहेको नेपाल पुनर्बीमा र हिमालयन रिको कुन क्षेत्रमा कति लगानी ? (सूची सहित)

१३ फाल्गुन २०८०, आईतवार १९:१२

काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाको प्रावधान अनुसार दुई पुनर्बीमा कम्पनीहरुले साढे ३५ अर्ब रुपैयाँ लगानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणे पुनर्बीमा कम्पनीलाई पुँजी वृद्धि योजना अघि सारेको छ । बीमा प्राधिकरणको पुँजीवृद्धिको निर्णय अनुसार हिमालयन रि इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिको योजना पेश गरिसकेको छ भने नेपाल रि इन्स्योरेन्सले १५ दिनको समयअवधि थप माग गरेको छ।

नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिका बमोजिम हाल संचालनमा सरकारी स्वामित्वमा रहेका नेपाल पुनर्बीमा कम्पनी र निजि प्रवद्धक हिमालयन रि इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्ममा ३५ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल रि इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा २० अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्स कम्पनीले १५ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेका छन् ।बैंक तथा वित्तिय संस्थाको मुद्वती निक्षेप सहित विभिन्न पूर्वधारको क्षेत्रमा लगानीको दायरा थप विस्तार गरेका छन् ।पुनर्बीमा कम्पनीहरुको लगानीको मुख्य हिस्सा नेपालका बैंकहरुमा मुद्दती निक्षेपको रुपमा जम्मा हुने गरेको देखिएको छ ।

प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार आफ्नो लगानी योग्य रकमलाई विविधिकरण गर्न सकेका छैनन् । बीमा कम्पनीहरुले सुरक्षा र जोखिमलाई विश्लेषण गरेर अन्य क्षेत्रमा लगानी गर्दा जोखिम रहेकोले बैंकको मुद्दति निक्षेपमा धेरै रकम थन्किएको हो ।

निर्देशका अनुसार बीमा कम्पनीहरूले नेपाल सरकारको बचतपत्र वा ऋणपत्रमा न्यूनतम २० प्रतिशत, क वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेडको मुद्दती निक्षेपमा न्यूनतम ३० प्रतिशत, खर ग वर्गको बैंकमा बढीमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, घर जग्गा व्यवसायमा १० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, ‘क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा १० प्रतिशत, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ प्रतिशत, इन्भेष्टमेन्ट कम्पनीमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ।

निर्देशिकामा लगानीको लागि क्षेत्र तोकिएको भएपनि बीमा कम्पनीहरुले ठूलो रकम ‘क’ वर्गका वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन् । वाणिज्य बैंकको मुद्दती निक्षेप बाहेक कुनै पनि क्षेत्रमा बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार सीमा पुर्याएका छैनन् ।

पछिल्लो समय बीमा कम्पनीहरूले एयरलाइन्स, कृषिलगायत क्षेत्रमा लगानी शुरू गरेका छन् ।बैंकको मुद्धती निक्षेपमा नेपाल पुनर्बीमा कम्पनीको १४ अर्ब रुपैयाँ रकम रहेको छ भने हिमालयन रि को १३ अर्ब रुपैयाँ रकम रहेको छ।

उचित प्रतिफल आउने कम्पनीहरुमा बिश्लेषण गरेर मात्रै लगानी गर्नु कम्पनीको लागि उचित रहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*