आईपीओ निष्काशनको प्रस्तावसहित क्रेस्ट माइक्रो लाइफले बोलायो साधारण सभा

१४ फाल्गुन २०८०, सोमबार ०७:१५

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चैत्र ५ गते सोमबार प्रथम वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले शुभ होटल, प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको हो ।

सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, चाुल आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ ।

त्यस्तै, संचालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ती गर्ने र संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्नेछ ।

त्यसैगरी, सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने विषयमा छलफल हुनेछ । यसका लागि आवश्यक प्रक्रिया गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावलीको आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने र आईपीओ जारी पश्चात् प्राप्त पूँजीको उपयोग गर्ने सम्बन्धमा छलफल गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*