सानिमा जिआईसीले तीन दिने अभिकर्ता तालिम संचालन गर्ने

१५ फाल्गुन २०८०, मंगलवार ०७:०९

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले अभिकर्ता तालिम तथा परीक्षा संचालन गर्ने भएको छ । कम्पनीले फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म भौतिक तथा भर्चुअल माध्यमबाट अभिकर्ता तालिम संचालन गर्न लागेको हो ।

कम्पनीमा बीमा अभिकर्ता भई काम गर्न इच्छुक व्यक्ति तथा संस्थालाई मध्यनजर गर्दै तालिम संचालन गर्न लागिएको कम्पनीले बताएको छ । यसमा न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिले सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले तालिम बिहान १० बजेदेखि ५ बजेसम्म संचालन गर्ने जनाएको छ । तालिम कम्पनीको बानेश्वर शाखा कार्यालय अथवा गुगल मिटमार्फत हुनेछ ।

त्यस्तै, अभिकर्ता इजाजत पत्र प्राप्त गर्नका लागि परीक्षा दिनुपर्ने भएकाले कम्पनीले चैत्र ४ गते बेलुका ४ बजेदेखि परीक्षा संचालन गर्ने बताएको छ ।

तालिममा सहभागी हुन इच्छुकले आवश्यक कागजातसहित फागुन २७ गतेसम्म कम्पनीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय वा नजिकको शाखा कार्यालयमा सम्पर्क राख्नु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*