मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा

१५ फाल्गुन २०८०, मंगलवार ०८:३०

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको पुस १४ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाले पारित गरेको ९.५० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ ।

बैंकले मंसिर २८ गतेको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको हो ।

साथै, हालसम्म पनि बोनस शेयर नपाएका शेयरधनीलाई बैंकले हितग्राही खाता खोली शेयर डिम्याट गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*