कुमारी बैंकको ८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

१५ फाल्गुन २०८०, मंगलवार ०९:५७

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९ जना शेयरधनीको नाममा रहेको ८ लाख ११ हजार ७३५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा खरिद आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र शेयरधनीले खरिद आवेदन नदिएको खण्डमा शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*