कामना सेवा विकास बैंकको तीन लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

१५ फाल्गुन २०८०, मंगलवार १०:१३

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको तीन लाख ९ हजार ८९२ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ ।

बैंकले न्यूनतम मूल्य १०५ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनी, योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । यसमा खरिदकर्ताले न्यूनतम सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।

शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २२ गतेसम्म तोकिएको शर्तको अधिनमा रही प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*