प्रभु बैंकका नायब सिईओ न्यौपाने केन्द्रीय कार्यालयबाटै प्रकाउ, थप पाँच कर्मचारी पनि सिआइबीको नियन्त्रणमा

१५ फाल्गुन २०८०, मंगलवार ११:५९

काठमाडौं । ऋण प्रवाहमा अनियमितता भेटिएपछि प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकका पूर्व सिईओ तुलसी गौतम सहित क्रेडिट विभागका प्रमुख राजेश भण्डारी, दिलिप बराल, दिपेश प्रधान र रमण श्रेष्ठसहित ११ जनालाई पक्राउ पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी प्रमुख किरण बज्रचार्यले बताईन् ।

प्रभुमा सेञ्चुरी गाभिनु अघि सेञ्चुरीमा ऋण प्रवाहमा अनियमितता भेटिएपछि नेपाल राष्ट्र बैंकको निरन्तर निगरानीमा रहेको प्रभु बैंकको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईसँगको सेटिङमा प्रभाह भएको ऋणको सम्बन्धमा छानविन गर्न सिआईबीले पक्राउ गरेको हो ।

उनी प्रभुमा सेञ्चुरी गाभिनु अघि सेञ्चुरीमा सिइओ थिए । सिआइबीका अनुसार न्यौपानेसहित चार जना प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट र पाँच जना कमलादी कार्यालयबाट तथा केहीलाई घरैमा पुगेर पक्राउ गरिएको हो । विगत एक सातादेखिको तयारी, राष्ट्र बैंकको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको हो ।

सिआइबीको प्रारम्भिक अध्ययनमा न्यौपानेसहितका कर्मचारी दोषी देखिएपछि पक्राउ गरिएको हो । सेञ्चुरीको कर्जा हिनामिना सम्बन्धमा थप अनुसन्धान गरिने सिआइबीले जनाएको छ । सेञ्चुरीको कर्जा बिग्रिएपछि प्रभुको निस्क्रिय कर्जा अनुपात ह्वात्तै बढेको छ । त्यही कारण ६ महिनाभित्र हुनुपर्ने बैंकको साधारणसभासमेत हुन सकेको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*