एक महिनामा निर्जीवन बीमा कम्पनीको ब्यवसाय पौने ३ अर्ब रुपैयाँ

१५ फाल्गुन २०८०, मंगलवार १५:३५

काठमाडौँ । चालु आर्थिक वर्षको माघमा मात्र निर्जीवन बीमा कम्पनीले करिब ३ अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेका छन् । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले माघ मात्र २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

माघमा सबै भन्दा बढी बीमा ब्यवसाय गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स पछिलो नम्बरमा रहेको छ । कम्पनीले एक महिनामा मात्र ४४ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

बीमा शुल्क सर्वाधिक संकलन गर्ने दोस्रो नम्मबरमा सगरमाथा लुम्बिनीले ३२ करोड ४९ लाख, तेस्रो नम्बरमा सानिमा जिआइसीले २९ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

माघ महिनामा सिद्धार्थ प्रिमियरले २९ करोड ७२ लाख, राष्ट्रिय बीमा कम्पनीले २८ करोड, आइजिआइ प्रेन्डिसियलले २७ करोड ८२ लाख, नेको इस्स्योरेन्सले २८ करोड १२ लाख, एनएलजीले १८ करोड २९ लाख, हिमालयन एभरेष्टले १९ करोड १३ लाख, सानिमा जिआइसीले १९ करोड ८९ लाख, युनाइटेड अजोडले २१ करोड ६७ लाख, द ओरियन्टलले १९ लाख, प्रभुले ११ करोड ५० लाख र नेशनलले ७ करोड ८९ लाख रुपैयाँको बीमा ब्यवसाय गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*