गतआवको तुलनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन घट्यो, टप ६ कम्पनीको व्यवसायमा गिरावट, अन्य अवस्था कस्तो ?

१५ फाल्गुन २०८०, मंगलवार १६:३७

काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा ब्यवसायमा गिरावट आएको छ । अग्रस्थानमा कारोबार गर्दै आएका टप ६ कम्पनीको बीमा ब्यवसायमा गिरावट आएको तथ्याङ्कले देखाएको छ ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार सगरमाथा, शिखर, नेको, हिमालयन एभरेष्ट, सिद्धार्थ र एनएलजि इन्स्योरेन्सको बीमा ब्यवसायमा गिरावट आएको छ । अन्य कम्पनीको भने ब्यवसाय सन्तुष्टजनक सुधार आएको देखिएको छ । बीमा क्षेत्रमा आर्थिक मन्दिको प्रभाव पछि केहि सुधार देखिने संकेत गरेपनि यस अवधिमा भने अग्र स्थानमा कारोबार गर्दै आइरहेको टप ६ कम्पनीको ब्यवसाय एकैपटक ओरालो तर्फ लागेको हो । बीमा क्षेत्रमा सबैभन्दा उत्कृष्ट कारोबार गर्ने निर्जीवन बीमा कम्पनीहरु घटेको यो नै सम्भवत पहिलो पटक हो । यसले बीमा क्षेत्रमा अझै आर्थिक मन्दिको प्रभाव नसकिएको देखिएको बीमा अधिकारी बताउछन् ।

माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीको ब्यवसाय ३ प्रतिशतले घटेर २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा ब्यवसाय २३ अर्ब ६ लाख रुपैयाँ रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*