पुषको तुलनामा माघ महिनामा निर्जीवन बीमा ब्यवसाय घट्यो, २ वटाको मात्रै बढ्यो

१५ फाल्गुन २०८०, मंगलवार १८:०५

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन एक महिनाको अन्तरालमा १८.४७ प्रतिशतले घटेको छ । पुष महिनामा ३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको निर्जिवन बीमा कम्पनीहरुले माघ महिना २ अर्ब ९९ करोड ६२ लाख रुपैयाँ संकलन गरेका हुन् ।

हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी मध्य यस अवधिसम्ममा १२ कम्पनीको बीमाशुल्क आर्जन घटेको देखिएको छ । द ओरियन्टलको सर्वाधिक ९९.०७ प्रतिशतले घटेर १९ लाख रुपैयाँमा सिमित भएको छ । पुषमा भने कम्पनीले २० करोड ७९ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो ।

पुषको तुलनामा माघमा शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन ४९.०५ प्रतिशतले घटेर ४४ करोड ४८ लाख, हिमालयन एभरेष्टको ३२.१४ प्रतिशतले घटेर १९ करोड १३ लाख, नेशनल लाइफको २३.८२ प्रतिशतको घटेर ७ करोड ८९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको २२.६६ प्रतिशतले घटेर १८ करोड २९ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको १०.४० प्रतिशतले घटेर ११ लाख ५० हजार रुपैयाँमा सिमित भएको छ ।

साथै, युनाइटेड इन्स्योरेन्सको ७.८६ प्रतिशतले घटेर २१ करोड ६७ लाख, नेको इन्स्योरेन्सले २६ करोड १२ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरको ७.३० प्रतिशतले घटेर २९ करोड ७२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सको ५.८० प्रतिशतले घटेर १२ करोड ३४ लाख रुपैयाँ र आइजीआई प्रुडेन्सियलको ०.६२ प्रतिशतले घटेर २७ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

दुई कम्पनीको बढ्यो
पुषको तुलनामा माघमा २ कम्पनीको कुल बीमा शुल्क आर्जन वृद्धि भएको छ । यस अवधिमा राष्ट्रिय बीमा कम्पनीको ३१६ प्रतिशतले बढाएर २८ करोड र सानिमा जिआइसिले ९.५४ प्रतिशतले बढाएर १९ करोड ८९ लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*