तत्कालीन सेन्चुरी कमर्सियल बैंकको सिईओ, डिसिईओ सहित उच्च कर्मचारीलाई ७ दिन हिरासतमा राख्न अदालतको आदेश

१५ फाल्गुन २०८०, मंगलवार २२:१६

काठमाडौं ।  धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको तत्कालिन तत्कालीन सेन्चुरी कमर्सियल बैंकको सिईओ, डिसिईओ सहित उच्च कर्मचारीलाई आरोपमा पक्राउ गरेका १० जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौंले उनीहरुलाई पहिलो पटक म्याद थपेको हो। अनुसन्धानका लागि उक्त म्याद दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*