मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले बोलाए एजीएम

१६ फाल्गुन २०८०, बुधबार ०७:३६

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले चैत्र ९ गते साधारण सभा (एजीएम) बोलाएका छन् । जाल्पा सामुदायिकले दि एसआर होटल तिलोत्तमा, रुपन्देहीमा बिहान ९ बजे सभा डाकेको छ । यता, किसान लघुवित्तले ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।

दुवै कम्पनीले गत आर्थिक वर्षको को नाफाबाट लाभांश वितरण नगर्ने भएका छन् । जाल्पा सामुदायिक र किसान लघुवित्त एकआपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा रहेको छ ।

त्यस्तै, दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि जाल्पा सामुदायिकले फागुन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ भने किसान लघुवित्तले चैत्र १ गते बुक क्लोज गर्ने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*