एनआईसी एशिया बैंकको पाँच लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

१६ फाल्गुन २०८०, बुधबार ०७:५१

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको पाँच लाख १३ हजार ३२५ कित्ता शेयर आज (फागुन १६ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ ।

बैंकले न्यूनतम मूल्य २०८ रुपैयाँ प्रति कित्तामा विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको हो । यसमा खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी न्यूनतम एक हजार कित्ता र सो भन्दा बढीमा १० ले भाग जाने सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ ।

शेयर खरिद गर्न इच्छुक व्यक्तिले आवश्यक कागजातसहित फागुन २७ गतेसम्म बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*