बैंकर्स एशोसिएशनको पूर्ण बैठक सम्पन्न, सिआईबी, गृह मन्त्रालय र राष्ट्र बैंकलाई ब्रिफिङ गर्ने निर्णय

१६ फाल्गुन २०८०, बुधबार १०:४८

काठमाडौं । नेपाल बैंकर्स एशोशिएनको पूर्ण बैठक आज विहान बसेको छ । पछिल्लो समय नेपाल प्रहरीले बैंकका सिईओ, पूर्व सिईओसहितका कर्मचारीहरुलाई धरपकड गरेपछि आज विहानै बैंकर्स संघको पूर्ण बैठक बसेको हो ।

आजको बैठकले पछिल्लो समय प्रभु बैंकमा गरेको धरपकडको विषयमाथि छलफल भएको थियो । बाणिज्य बैंकका सिईओहरुको छाता संगठन बैंकर्स संघको बैठकले प्रहरीले गरेको पक्राउ तथा धरपकडको विषयमाथि छलफल भएको छ ।

आजको बैठकले बैंकिङ क्षेत्रमा प्रहरीले गरेको अप्रेशन र बैंकिङ प्रक्रियाको सम्बन्धमा नेपाल प्रहरीको सिआईबी, गृहमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई ब्रिफिङ गर्ने निर्णय भएको छ । सो अनुसार आजैदेखि सबै सिईओहरु मिलेर सिआईबी, राष्ट्र बैंक तथा गृह मन्त्रालयमा पुगेर घटनाको बारेमा ब्रिफिङ हुने बैठकमा सहभागी एक सिईओले बीमापोष्टलाई जानकारी दिए ।

फाइल तस्विर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*