११ करोड ठगि आरोपमा माता पाथिभरा बचत तथा ऋण सहकारीका अध्यक्ष श्रेष्ठ जेल चलान

१६ फाल्गुन २०८०, बुधबार ११:००

काठमाडौँ । माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ जेल चलान भएका छन् । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित सहकारीका अध्यक्ष जेल चलाएन भएका हुन् ।

सहकारी ठगीमा श्रेष्ठ पछिल्लो केहि सातादेखि प्रहरी नियन्त्रणमा रहेका थिए । पर्वत जिल्ला अदालतमा फागुन १५ गते भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको जनाउँदै बचतकर्ता अर्जुनकुमार श्रेष्ठलगायतले मुद्दा दायर गरेका थिए । बचताकर्ताले सहकारीमा ११ करोड ११ लाख रुपैयाँ हिनामिना भएको बताएका छन् ।

उक्त सहकारीका अहिले २३ जना संचालन फरार सूचीमा रहेको पर्वत प्रहरीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*