दुई कम्पनीको सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

१८ फाल्गुन २०८०, शुक्रबार १०:४८

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

पुनर्बिमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता सेयर लिलामीमा आएको हो । उक्त सेयरको लागि न्यूनमत मूल्य २८० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

यस्तै, कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको २ लाख ३९ हजार ३७ कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । जसका लागि न्यूनतम ७८० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । कोषको सेयरमा बैंक तथा वित्तीय संस्थाहरुले मात्र आवेदन दिन सक्नेछन् ।

दुबै कम्पनीहरुका लिलामी सेयरमा फागुन २२ गतेसम्म एनएमबि क्यापिटल बालुवाटार काठमाडौँमा पेश गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*