श्रृजनशीलसँग मर्जर रोक्ने मानुषि लघुवित्तको वित्तीय अवस्था पनि नाजुक, अधिकांश सूचकमा संकुचन

१८ फाल्गुन २०८०, शुक्रबार ११:२८

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर असफल भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषी लघुवित्तले डिमर्जको प्रक्रिया अघि बढाएको हो।

मर्जर असफल गर्ने मानुषि लघुवित्त पनि १ करोड ७७ लाख ८५ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा पनि कम्पनीले ४४ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेको थियो।

चालु आर्थिक वर्षको पुष समान्तसम्ममा कम्पनीको खराब कर्जा पनि चुलिएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६.५७ प्रतिशत रहेको कम्पनीको खराब कर्जा चालु आर्थिक वर्षको सोहि अवधिमा बढेर ७.९० प्रतिशत पुगेको हो।

पुष मसान्तसम्मको अवधिमा कम्पनीको संचालन नाफा समेत १ करोड ७९ लाख ५८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी ४८ लाख ९८ हजार रुपैयाँ रहेको थियो।

यता, कम्पनीको खुद ब्याज आम्दानी समेत ओरालो लागेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको उक्त आम्दानी ३ करोड ४२ लाख २२ हजार रुपैयाँमा सिमित रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको थियो।

त्यस्तै, समिक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य नाफा १ करोड ७७ लाख रुपैयाँ नोक्सानमा, प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा नोक्सानमा, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९९ पैसा, चुक्तानपूँजी १० करोड ९३ लाख र जगेडा कोषमा १ करोड ७७ लाख रुपैयाँ संञ्चित रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*