‘स्वास्थ्य बीमाको प्रभावकारीमा गम्भिर समस्या, बीमितलाई सेवा भन्दा सास्ती’

१८ फाल्गुन २०८०, शुक्रबार १२:५३

काठमाडौँ । सांसद बासुदेव घिमिरेले स्वास्थ्य बीमाबाट सिमित स्वास्थ्य संस्थामा उपचार पाउने भएकाले बीमितलाई सेवा भन्दा सास्ती बढी भएको बताएका छन् । शुक्रबार प्रतिनिति सभाको न्यून समयमा बोल्दै उनले सिमित स्वास्थ्य संस्थामा बिरामीको चाप हुँदा बीमितलाई सेवा भन्दा सास्ती बढी भएको बताएका हुन्।

स्वाथ्य बीमा आफैमा लोककल्याणकारी कार्यक्रम भएपनि यसको प्रभावकारीमा गम्भिर समस्या देखिएका उनको तर्क थियो । उनले भने, ‘प्रक्रियागत झन्झट, समयमा उपचार नहुने र धेरै जसो औषधी नपाउने समस्या स्वास्थ्य बीमा छन् । यी समस्या हटाउन सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छु’।

सेवा प्रदायक संस्थाको सेवालाई गुणस्तरीय बनाउँदै थप सरकारी, समुदायिक तथा निजि स्वास्थ्य संस्थामा समेत स्वास्थ्य बीमा सेवा बिस्तार गर्ने उनले आग्रह गरे।

‘स्वास्थ्य बीमा कार्यक्रम सर्वसाधारणमा सामाजिक सुरक्षाको पहुँच पुराउने एक महत्वपूर्ण कार्यक्रम हो’  घिमिरेले भने, ‘२०७२ सालदेखि सुरु भएको यो कार्यक्रममा हाल २२ लाख १६ हजार परिवारतका ७१ लाख ८१ हजार नागरिक आबद्ध छन् भने बीमाको सुविधा ४४० स्वास्थ्य संस्थाका उपलब्ध छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*