हिमालयन रि इन्स्योरेन्समा कस्को लगानी कति ?

२० फाल्गुन २०८०, आईतवार १२:५०

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सले १ वा सोभन्दा बढी प्रतिशत शेयर लगानी गर्ने कम्पनीहरुको नाम सार्वजनिक गरेको छ । कम्पनीमा १ प्रतिशत भन्दा बढी लगानी गरेका ३० कम्पनी वा संस्थाको नाम सार्वजनिक गरेको हो ।

कम्पनीमा सबैभन्दा धेरै लगानी एम्बर प्रोभेष्टमेन्टको रहेको छ । हिमालयन रिमा एम्बरको ९.६९ प्रतिशत शेयर हिस्सा रहेको छ । साथै, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकको समान ७.१४ प्रतिशत, इन्फिनिटि होल्डङ्सको ६.४३ प्रतिशत र जगदम्बा मोटर्सको ४.५७ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

गत आर्थिक वर्षको यस अवधिमा १ प्रतिशत नजिक लगानी शिरिष कुमार मुरारका र पशुपति मुरारकाको रहेको छ । दुबैको समान १.०४ प्रतिशत लगानी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*