लाभांश, हकप्रद प्रस्ताव सहित हिमालयन रिको साधारणसभा सम्पन्न, तीन संचालक निर्विरोध निर्वाचित

२० फाल्गुन २०८०, आईतवार १३:११

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।

राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा भएको साधारणसभा आज विभिन्न प्रस्ताव पारित गरेर सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*