सुर्यज्योतिद्वारा नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ४० देखि अधिकतम ९० रूपैयाँ बोनस पाउने

२१ फाल्गुन २०८०, सोमबार ०७:३०

काठमाडौं । सुर्यज्योति लाइफले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट हिजो स्वीकृत भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ९० रुपैयाँ र न्यूनतम ४० प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाउनेछन् । कम्पनीले आव २०७९।८० को वित्तीय विवरणमा आधारित नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधि अनुसार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यसमा सुरक्षित बचत जीवन बीमा योजना–०१, सुनौलो भविष्य बाल जीन बीमा योजना–०५, एकल तथा सिमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र एकल तथा सिमित अवधि भुक्तानी (विकल्प २) योजना–०७ जस्ता बीमा योजना रहेका छन् ।

त्यस्तै, संरक्षित सावधिक जीवन बीमा योजना–५१, सिमित अवधि भुक्तानी जीवन बीमा योजना–५३, संरक्षित बाल जीवन बीमा योजना–७१, सामूहिक सावधिक जीवन बीमा योजना–९१, सावधिक जीवन बीमा योजना–१५१ र सावधिक लघु जीवन बीमालेख–१८१ सावधिक बीमा योजनामा बीमा अवधि अनुसार बीमितले ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

त्यसैगरी कम्पनीले सावधिक तथा आजीवन बीमा योजनाको सुरक्षित भविष्य जीवन बीमा योजना–०३ मा बीमा अवधि अनुसार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यता, सावधिक तथा आजीवन बीमा योजनाकै सुदर्शन सावधिक तथा आजीवन बीमा–५२ मा भने बीमा अवधि अनुसार ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने निर्णय कम्पनीले गरेको छ ।

अग्रिम भुक्तानी सावधिक बीमा योजनाको धन लाभ जीवन बीमा योजना–०२ र थ्रि ट्वेन्टी धन बहार जीवन बीमा योजना–०९ मा बीमितले ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस पाउने भएका छन् । त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनाकै आसाधन अग्रिम भुक्तानी जीवन बीमा योजना–६१।६२, धनवृद्धि जीवन बीमा योजना (अग्रिम भुक्तानी)–६३।६४।६५, सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–६६ र अग्रिम भुक्तानी बाल जीवन बीमा योजना–७३ मा बीमा अवधिअनुसार ४२ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ ।

त्यस्तै, चौरासी पुजा अग्रिम भुक्तानी (नियमित) बीमा योजनामा ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म, चौरासी पुजा अग्रिम भुक्तानी (एकल) बीमा योजनामा ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म र इजि पे अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार बीमितले २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

साथै, माथि उल्लेखित बोनसदर, मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी, तथा चालु बीमालेखमा समेत लागु हुनका साथै नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट अर्काे बीमाङ्कीय मुल्याङ्कन स्वीकृत नभएसम्मको लागि कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरुमा समेत यही बोनसदर कायम हुने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*