बीमा प्राधिकरण लुम्बिनी प्रदेशद्धारा कोहलपुर नगरपालिकासँग बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

२१ फाल्गुन २०८०, सोमबार १६:१९

काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कोहलपुर नगरपालिकासँग बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा फागुन २१ गते उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

प्राधिकरणले देशका सबै पालिकाहरूलाई बीमाका बारेमा जानकारी दिई पालिकाहरूमार्फत सबै नागरिकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरेको हो ।

स्थानीय सरकारले बीमाका बारेमा बुझेपछि स्थानीय जनतासम्म बीमाका बारेमा जानकारी पु¥याउन सजिलो हुने विश्वास प्राधिकरणले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*