छोरोको जन्मदिनमा बाबुले दिए सिटिजन बाल भविष्य बीमा पोलिसी उपहार

२२ फाल्गुन २०८०, मंगलवार ०६:५७

काठमाडौं । विभिन्न उत्सव आदिमा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी दिने प्रचलन दिनानुदिन बढ्दै गइरहेको छ । यसैको एक उदाहरणस्वरुप बुटवल–८ मिलनचोक निवासी बाबु बालकृष्ण पाण्डेले आफ्नो छोरो शिशिर पाण्डेको जन्मदिनमा जीवन बीमा पोलिसी उपहारको रुपमा दिएका छन् ।

उनले छोरोको जन्मदिनमा भविष्यका लागि अपरिहार्य उपहार दिने योजना बनाउदै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेर बाल भविष्य जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।

जन्मदिनको अवसरमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने शिक्षा तथा स्वास्थको ग्यारेन्टी मिल्ने भएकोले छोराको भविष्य सुनिश्चित गर्न जन्मदिनको अवसरमा बीमा गरी पोलिसी उपहार स्वरुप दिएको गिरीले बताए ।

अनिवार्य बचतको लागि जीवन बीमा उपयुक्त माध्यम भएकाले आज भोलि धेरैले पर्व तथा उत्सवहरुमा बीमा गर्ने चलन बढेको एजेन्सी मेनेजर बालकृष्णले बताए।

सिटिजन बाल भबिस्य बीमा पोलिसी अन्तर्गत बच्चा र प्रस्तावक दुबैको जोखिम बहन हुने तथा बीमा समाप्तिमा बीमाङ्क र बोनस रकम प्राप्त हुने भएकाले भोलिको उज्वल भविष्यका लागि पाण्डे परिवारले सिटिजन बालभविष्य बीमा योजना खरिद गरेको बेलबास शाखाका शाखा प्रबन्धक योगेन्द्र रायमाझीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*