प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको एजीएम आज, आईपीओ निष्काशन मुख्य एजेण्डा

२७ फाल्गुन २०८०, आईतवार ०८:०१

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा (एजीएम) आज फागुन २७ गते बस्दैछ । सभा कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी कैलालीमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।

सभाले सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशत शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने र आईपीओ जारी पश्चात् प्राप्त पूँजीको उपयोग सम्बन्धमा छलफल गर्नेछ ।

त्यसैगरी, वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । सभाले, समूह ‘क’ का संस्थापक शेयरधनीका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने चार जना सदस्यको निर्वाचन र एक जना स्वतन्त्र विशेषज्ञ संचालकको नियुक्ती गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*