नेपाल पुनर्बीमा कम्पनीको सिईओ पदमा सात जनाको आवेदन, को को छन् मैदानमा ?

२८ फाल्गुन २०८०, सोमबार ०९:०१

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सात जनाले आवेदन दिएका छन् । हिजो सम्मको अन्तिम दिनमा जम्मा सात जनाले आवेदन दिएका हुन् ।

आवेदन दिने मध्ये हाल नेपाल पुनर्बीमा कम्पनमै कार्यरत डेपुटी सिईओ तथा हाल कामु सिईओ दामोदर भण्डारी समेत रहेका छन् ।

सिईओमा आवेदन दिने श्रीमान कार्की नेपाल बीमा प्राधिकरणमा लामो समय काम गरेका बीमा क्षेत्रका अनुभवी व्यक्ति हुन् । उनी पछिल्लो समय नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने दौडमा भएपनि लाइसेन्स नमिलेपछि छोडेका थिए । बीमाको नियमन क्षेत्रमा लामो समय काम गरेका कार्कीले उत्कृष्ट नतिजा दिने भन्दै नेपाल रिको सिईओ बन्ने अभियानमा लागेका छन् । त्यस्तै, बीमा क्षेत्रमै लामो समय काम गरेका र पछिल्ले समय राष्ट्रिय बीमा कम्पनीबाट राजिनामा गरेर हिडेका शेखर बराल पनि नेपाल रिमा सिईओ हुने दौडमा रहेका छन् ।

त्यस्तै, गुरास लाइफबाट केही पहिला नै सिईओ भएर छोडेका नारायणकुमार भट्टराई पनि यो दौडमा उत्रिएका छन् । यसअघि राष्ट्रिय बीमाको सिईओ हुने गरी पहिलो नम्वरमा नाम भएर पनि कोपभाजन परेका अजोड इन्स्योरेन्स कम्पनीको डपुटी सिईओ सुरेन्द्र थापा पनि नेपाल रिमा सिईओ भएरै छोड्ने भन्दै आवेदन दिएका छन् ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीकै पूर्व सिए उज्ज्वलराज अर्यालले पनि आवेदन दिएका छन् । त्यस्तै, बीमा क्ष्ँेत्रमा लामो समय काम गरेका बुद्धकाजी श्रेष्ठले आवेदन दिएका छन् ।

आवेदकहरु मध्येबाट सर्टलिष्ट गरी कार्ययोजना प्रस्तुतीकरण पश्चात उत्कृष्ट तीन जना मध्येबाट सिईओ नियुक्त हुनेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीको कार्यकाल गत पुस ११ मा समाप्त भएको थियो । हाल कम्पनीको निमित्त सीईओ दामोदर भण्डारीले यो जिम्मेवारी सम्हाल्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*