बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, सबै कम्पनीको शेयर मूल्य वृद्धि

२९ फाल्गुन २०८०, मंगलवार १८:३८

काठमाडौं । बीमा कम्पनीहरुको अर्थमन्त्रीले शेयर बजारको चासो लिएसँगै शेयर बजार परिसूचक उच्च अंकले वृद्धि भएको छ। शेयर बजार बढेसँगै बीमा कम्पनीहरुको शेयर मूल्यमा पनि वृद्धि भएको छ।

५८.५८ अंकले बजार बढदा सूचिकृत सबै बीमा कम्पनीहरुको शेयर मूल्य वृद्धि भएको छ।

आज समग्रहमा जीवन बीमाको उपसूचक ५.४४ प्रतिशतले बढेको हो । अन्य क्षेत्रको भन्दा धेरै आज जीवन बीमा कम्पनीहरुको उपसूचक बढेको छ ।

यसैगरी निर्जीवन बीमा कम्पनीहरुको उपसूचक ३.१५ प्रतिशतले बढेको छ । यस दिन जीवन तर्फ रिलायबल लाईफ नेपालको शेयर मूल्य धेरै बढेको छ । रिलायबल ७.३१ प्रतिशतले वृद्धि हुँदा हिमालयन लाईफ ७.३० अंकले बढेको छ ।

यसैगरी, प्रभु महालक्ष्मी ७.२१, सन नेपाल ६.७४, सानिमा रिलायन्स ६.६७ र सूर्यज्योति ६.५४ प्रतिशतले बढेको छ ।

निर्जीवन तर्फ सबैभन्दा धेरै नेपाल ईन्स्योरेन्सको शेयर मूल्य वृद्धि भएको छ । नेपाल ईन्स्योरेन्स ५.२० प्रतिशतले बढ्दा प्रभु ईन्स्योरेन्स ४.८०, यूनाईटेड अजोड ४.०५, सलिको ३.९८ र हिमालयन एभरेष्ट ३.५५ अंकले बढेको छ ।

पुनर्बीमा तर्फ हिमालयन रि २.४२ र नेपाल पुनर्बीमा २.२४ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*