क्रेष्ट माइक्रो लाइफको साधारण सभा आज बस्दै, आईपीओ निष्काशन मुख्य एजेण्डा

५ चैत्र २०८०, सोमबार ०९:२७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा आज (चैत्र ५ गते) बस्दैछ । सभा शुभ होटल प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात् आईपीओ निष्काशनको प्रस्ताव पारित गर्नेछ । साथै, आईपीओ निष्काशन तथा सोसम्बनधी सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले वार्षिक प्रतिवेदन सहित गत आवको नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेछ । त्यस्तै, संचालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ती गर्ने र संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*