सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत २७ गते बोलायो साधारण सभा, लाभांश पारित र सञ्चालक चयन मुख्य एजेन्डा

५ चैत्र २०८०, सोमबार १६:३०

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औँ वार्षिक साधारण सभा चैत २७ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग क्याटरिङ्ग कालिकास्थान डिल्लीबजार काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गरेको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धरलाई गरिएको नियुक्ति समेत अनुमोदन गर्ने एजेन्डा रहेको छ ।

साथै, सञ्चालक समितिका संस्थापक शेयरधनीहरुको समूहबाट प्रतिनिधित्व हुने ४ जना सञ्चालक मध्ये कम्पनीको नियमावली अनुसार वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पि.एल.सी बाट स्वतः मनोनयन हुने १ जना सञ्चालकको जानकारी गराई बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण शेयरधनीहरुको समूहबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने एजेन्डा समेत सभाको कार्य सूचीमा समावेश रहेको छ ।

सभाले सञ्चालकहरूको बैठक भत्ता वृद्धि गर्ने तथा सो बमोजिम कम्पनीको नियमावलीको नियम ३२ को उपनियम (१) को ख र (घ) संशोधन गर्ने र नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समिति अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुँदा चैत १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन्

1710754222553 (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*