प्रख्यात एक्चुअरी फिलिप ज्याक्शनसँग बीमाको अनुभव साट्न पाउँदा नेपालका बीमाकर्मी प्रफुल्लित

९ चैत्र २०८०, शुक्रबार १२:५३

काठमाडौं । प्रख्यात एक्चुअरी फिलिप ज्याक्शनसँग बीमाको अनुभव साट्न पाउँदा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसहित नेपालका बीमाकर्मीहरु प्रफुल्लित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको होटल एम्बेसडरमा आयोजना गरेको बीमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संसारमै लब्धप्रतिष्ठित तथा विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शन, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुका साथै प्राधिकरण तथा नेपाल लाइफका उच्च पदस्त कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्न यस कार्यक्रमको आयोजना गरिएको बताए । यस किसिमको विचार मन्थन गर्ने परिपाटीको विकासले नेपाली बीमा बजारमा क्रियाशील रहेकाहरुलाई अन्तरास्ट्रिय स्तरमा भईरहेका विकाशक्रम तथा असल अभ्यासहरु सँग चिरपरिचित हुन सहज हुने बताए ।

कार्यक्रमका प्रमुख अथिति सिलवालले अहिलेको बद्लिदो परिवेशमा बीमा बजारको सुधारका निम्ति नियामकको रूपमा विभिन्न कदमहरु चालिरहेको बताए । संस्थागत सुशासन र जोखिम व्यवस्थापनको मापदण्डलाई शिरोधार्य गर्दै निर्देशनहरु जारी गर्दै आएको समयमा संसारमा भईरहेको अभ्यासको जानकारी सोही क्षेत्रमा प्रत्क्षय रूपमा काम गरिरहेका फिलिप ज्याक्शनसँग अनुभव साटासाट गर्न पाउँदा मन प्रफुल्लित भएको उल्लेख गरे । उनले बीमा बजारको विकाशका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न सुधारात्मक कार्यहरु हुँदै आएको र सोको निरन्तरता हुने प्रतिबद्धता जनाए ।


एक्चुअरी फिलिप ज्याक्शनले नेपालको बीमा क्षेत्रका अवसर, समस्या र चुनौतीका बारेमा प्रस्तुतिकरण दिदै नेपाली जीवन बीमा कम्पनीहरुलाई अहिलेको निर्देशनले भ्यालुएसनमा पारेको प्रभाव र त्यसका सीमाहरूको बारेमा चर्चा गर्दै फ्युचर बोनस प्रोभिजनिङ तथा त्यसका आयामहरूको बारेमा प्रकाश पारेका थिए।

यसैगरी ज्याक्शनले नेपालमा कार्यान्वयन गर्न लागिएको रिस्क बेस्ड क्यापिटलमा आफ्नो विचारहरु प्रकट गर्दै अरु मुलुकमा यसको कार्यान्वयनमा रहेको सहजता र जटिलताको बारेमा प्रकाश पारे । उनले नेपालमा सहज तरिकाले यसलाई कार्यान्वयन गर्न अपनाउन पर्ने रणनीतिको बारेमा पनि आफ्नो सारगर्भित सल्लाह दिए । ज्याक्शनले अहिलेको नीति नियममा रहेका केही कमी कमजोरीहरुलाई औंल्याउदै यसलाई अन्तर्राष्ट्रिय अभ्यासहरूसँग दाजेर अगाडि बढ्न सल्लाह दिए । साथसाथै उनले यस कार्यक्रममा प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूद्वारा तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूबाट आएका जिज्ञासाहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थितिका निम्ति सबैलाई धन्यवाद ज्ञापन गर्दै यस किसिमको आयोजनाले बीमा क्षेत्रलाई दिशानिर्देश गर्न सहज हुने धारणा व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*