कस्तो रह्यो साताको शेयर बजार ?

१० चैत्र २०८०, शनिबार १०:१०

काठमाडौँ । यो साताका शेयर बजारका लगानीकर्ताका लागि निराशजनक गरेको छ । साताका पाँच कारोबारमा चार दिन मार्केट राताम्य भएको हो । एक दिन मात्र सामान्य सुधार देखिएको थियो ।

नयाँ गठबन्धनको सरकार बनेपछि पनि बजारमा कुनै उत्साह र माहोल देखिएको छैन । नियामकको सक्रियताले पनि शेयर बजारमा सुधार शेयरलाई लय दिन सकिको छैन । २१ सय विन्दुमाथि पुगिसकेको बजार पुनः घटेर २ हजारकै लाइनमा आएको छ । अहिले पुँजी बजारका लागि कसिएका नीतिनियमहरु बाधक बनिरहेका छन् । जबसम्म ती कसिएका प्रावधानलाई खुकुलो बनाएर नीतिगत सुधार गरिंदैन तबसम्म बजारले आम अपेक्षा अनुसार गति लिन सक्ने छैन ।

यस साता नेप्से ०.७४ प्रतिशत अर्थात १५.३७ अकंले घटेर २०४८.५७ बिन्दुमा बन्द भएको छ । यस अवधिमा सेन्सेटिभ इण्डेक्स ०.७१ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ०.८५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ प्रतिशत बढेको छ। आइतबार बजार १०.६२ अकं, मंगलबार ६.२४ प्रतिशत, बुधबार ३.३४ प्रतिशत र बिहिबार १५.३७ प्रतिशतले शेयर बजार घटेकोछ । सोमबार मात्र बजार ३.२७ अकंले बढेको हो ।

नेप्सेको कारोबार रकम पनि ओरालो लागेको छ । यस साता १७ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ । यस साता ब्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.६५ प्रतिशत बढेको छ। अन्य १२ को राताम्य भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*