हिमालयन रि इन्स्योरेन्स देशबाहिर पनि शाखा विस्तार गर्ने तयारीमा जुट्यो

१० चैत्र २०८०, शनिबार १३:२५

काठमाडौं। हिमालयन रि इन्स्योरेन्स देशबाहिर पनि शाखा विस्तारको प्रकृया अघि बढाएको छ। कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृया अगाडि बढाएको जानकारी दिएको हो ।

तेस्रो देशबाट पुनर्बीमा व्यवसाय भित्र्याउनतिर जुटेको छ । बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेस्टबाट बी प्लस रेटिङ पाएसँगै कम्पनी तेस्रो देशबाट पुनर्बीमा व्यवसाय भित्र्याउनतिर जुटेको हो।

यसका लागि ती देशमा शाखा विस्तार गर्न सके कम्पनीलाई युरोप, मध्यपूर्व, दक्षिणपूर्व, अफ्रिका तथा अष्ट्रेलियाबाट पुनर्बीमा व्यवसाय भित्र्याउन मार्ग प्रशस्त हुने कम्पनीले बिहिबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीले भारतमा यसअघि नै शाखा खोलिसकेको छ । भारतबाट केही वर्षभित्रै १,००० करोड बराबरको पुनर्बीमा व्यवसाय भित्र्याउन सफल हुने कम्पनीको विश्वास रहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*