सलिकोको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

१२ चैत्र २०८०, सोमबार ०७:०९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को लाभांश सुनिश्चित गर्ने आज (चैत्र १२ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ ।

यस कम्पनीले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरको छ ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत्र २७ गते मंगलबार, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान, डिल्लीबजार–काठमाडौंमा विहान १० बजेदेखि २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*