हिमाल दोलखा हाइड्रोपावरले दुई आर्थिक बर्षको साधारणसभा एकैपटक डाक्यो, एजेण्डामा के छ ?

१२ चैत्र २०८०, सोमबार १०:५७

काठमाडौ ।हिमाल दोलखा हाइड्रोपावरले दुई आर्थिक बर्षको साधारणसभा एकैपटक वार्षिक साधारण सभा बोलाएको छ ।

सभा चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र सञ्चालक पनि नियुक्त गर्नेछ । यता, साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, चैत १७ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*