फागुनमा सर्वाधिक कारोबार गर्ने कम्पनी हिमालयन रिइन्स्योरेन्स

१२ चैत्र २०८०, सोमबार ११:४०

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गरेको केही समयपछि नै लगानीकर्तालाई लाभांश वितरण गरेको कारण लगानीकर्ताको रोजाईमा पर्ने गरेको छ ।

कम्पनीले ४ प्रतिशत बोनस शयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ।

कम्पनीले लाभांशसहित ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसमेत सोही सभाबाट पारित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ । ४ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ४० करोड कायम हुनेछ ।

बोनस शेयरपछि कायम चुक्ता पूँजीको आधारमा ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले पारित गरेको हो । कम्पनीले १० शेयर वराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको छ । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १८ अर्ब ७२ करोड रुपैयाँ कायम हुनेछ ।

फागुन महिनामा कम्पनीकोे सर्वाधिक रकमको कारोबार भएको छ नेप्सेका अनुसार कम्पनीको शेयर मूल्य माघको तुलनामा फागुनमा प्रतिकित्ता ५० रुपैयाँ १० पैसाले घटेको छ ।

कम्पनीको शेयरमूल्य समायोजनपछि कम्पनीको मूल्य माघको तुलनामा भने घटेको छ।

फागुन मसान्तसम्मको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६४२ रुपैयाँ कायम भएको छ ।

माघ मसान्तसम्मको कारोबारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६९२ रुपैयाँ १० पैसा रहेको जानकारी नेप्सेले दिएको छ ।

फागुन महीनामा कुल ६१ अर्ब ६८ करोड २१ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा हिमालयन रिइन्स्योरेन्सले सर्वाधिक हिस्सा ओगटेको छ ।नेप्सेका अनुसार कम्पनीको उक्त महीना २ अर्ब ९९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको ४६ लाख ८० हजार कित्ता शेयर कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*