आठ महिनामा लघुबीमा कम्पनीको ब्यवसाय ५ करोड ८९ लाख, कुनले कति गरे ?

१२ चैत्र २०८०, सोमबार १४:०१

काठमाडौँ । चालु आर्थिक वर्षको ८ महिनामा लघुबीमा कम्पनीले साढे ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार हाल संचालनमा रहेका तीन लघुबीमाले फागुन मसान्तसम्ममा ५ करोड ८९ लाख ८९ हजार रुपैयाँको ब्यवासाय गरेका हुन् ।

यसअवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले ३ करोड ६१ लाख ५२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्ने सफल भएको छ । साथै, गार्डियन माइक्रो लाइफले १ करोड ५९ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ६९ लाख ३७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

फागुन मात्र सबै भन्दा बढी क्रेष्ट माइक्रोले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले एक महिनामा मात्र १ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्ने सफल भएको हो । फागुनमा गार्डियनले ४३ लाख रुपैयाँ र लिबर्टीले २० लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*