जीवन बीमा कम्पनीको व्यवसाय ५ प्रतिशलते बढ्यो, सरकारी कम्पनीको घट्यो, नेशनल–प्रभु–हिमालयन लाइफको उच्च बृद्धि

१२ चैत्र २०८०, सोमबार १४:३०

काठमाडौं । जीवन बीमा कम्पनीहरुले फागुन महिनामा कूल बीमा व्यसवाय ५.१३ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । चर्को आर्थिक मन्दीका बीचमा पनि जीवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानीमा उच्च बृद्धि हुन सफल भएको आज सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार नेशनल लाइफ, एशियन लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र हिमालयन लाइफको बृद्धिदर दोहोरो अंकले बढेको देखिएको छ ।

गत आवको तुलनामा सबैभन्दा धेरै नेशनल लाइफको १३.११ प्रतिशतले बृद्धि हुँदा एशियन लाइफको १२.३९ प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफले १२.३७ प्रतिशतले व्यवसाय बृद्धि गर्दा रिलायबल नेपाल लाइफले ११.६५ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै, अन्य व्यवसाय बृद्धि गर्न सफल जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ ७.८८ प्रतिशत, आइएमई लाइफ ७.७६ प्रतिशत, मेट लाइफ ७.१८ प्रतिशतले व्यवसाय बृद्धि गर्न सफल भएका छन् । साथै सिटिजन लाइफले ४.३५ प्रतिशतको बृद्धिदर हासिल गर्दा सूर्यज्योति ४.०२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय २२.३८ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*