एक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन ११ प्रतिशतले बढ्यो, कुनको कति ?

१२ चैत्र २०८०, सोमबार १४:४९

काठमाडौं । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको एक महिनामा प्रथम बीमाशुल्क आर्जन दोहोरो अंकले वृद्धि गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा प्रथम बीमाशुल्क आर्जन ११.४१ प्रतिशतले बढेको हो ।

फागुनमा मात्र जीवन बीमा कम्पनीहरुले २ अर्ब ५५ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । माघ महिनामा भने जीवन बीमा कम्पनीहरुले २ अर्ब २९ करोड ३८ लाख रुपैयाँ कुल प्रथम बीमा शुल्क आर्जन गरेको थिए ।

यस अवधिमा सबै भन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफले आफ्नो अग्रता कायम राखेको छ । कम्पनीले फागुनमा मात्र ५६ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो ।

फागुनमा सर्वाधिक बढी प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ, हिमालयन लाइफ, सूर्यज्योति लाइफ, एलआइसी नेपाल क्रमशः दोस्रो तेस्रो, चौथो र पाँचौ नम्बरमा छन् । नेशनलले ५० करोड २२ लाख, हिमालयन लाइफले १९ करोड १४ लाख, सूर्यज्योतिले १८ करोड ७६ लाख र एलआइसीले १५ करोड ४५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

साथै, फागु महिनामा मात्र एशियन लाइफले १५ करोड ३२ लाख रुपैयाँ, सिटिजन लाइपले १३ करोड ५६ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १२ करोड ९६ लाख रुपैयाँ, आइएमई लाइफले १० करोड ८३ लाख रुपैयाँ, रिलायबलन नेपाल लाइफले १० करोड ७९ लाख रुपैयाँ, सन नेपाल लाइफले १० करोड ५० लाख रुपैयाँ, मेट लाइफले १० करोड १३ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ७ करोड ४१ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमाले ३ करोड ८७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

३ कम्पनीको घट्यो

माघको तुलनामा फागुनमा ३ जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क आर्जन घटेको छ । यस अवधिमा सिटिजन लाइफको १४.६७ प्रतिशतले घटेको हो ।

साथै, मेट लाइफको १३.४५ प्रतिशत र सानिमा रिलायन्स लाइफको १०.७३ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन घटेको हो ।

११ वटाको बढ्यो

यस अवधिमा ११ जीवन बीमा कम्पनीहरुले प्रथम बीमा शुल्क आर्जन बढेको हो । माघको तुलनामा फागुनमा नेपाल लाइफको ७.१३ प्रतिशत, नेशनल लाइफको ३७.३१ प्रतिशत, हिमालयन लाइफको २९.०७ प्रतिशत, सूर्यज्योति लाइफले ०.४० प्रतिशत, एलआइसी नेपालको २.१४ प्रतिशत, एशियन लाइफको ४३.५४ प्रतिशत, आइएमई लाइफको १४.१० प्रतिशत, रिलायबल नेपालको ६.१० प्रतिशत, सन नेपालको १.८२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४१.९० प्रतिशत र राष्ट्रिय जीवन बीमाको १५.५३ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*