लगातार चौथो दिन समेत बजार ओरालो, कारोबार पनि खुम्चिदै साढे २ अर्बमा

१२ चैत्र २०८०, सोमबार १५:०८

काठमाडौँ । शेयर बजार लगातार चौथो दिन समेत ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य सस्तिदैं गएको छ । मार्केटले सकारात्मक यात्रा तय गर्ने नसक्दा लगानीकर्ता निराश छन् ।

नियामकको सक्रियताले समेत शेयर बजारलाई उकालो यात्रा तिर जान मद्दच गरेको छैन । लगानीकर्ता शेयर बजारलाई बाधा गर्ने केहि नीतिगत अवरोध सुधार खोजि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ प्रतिशतले घटेर २०३१.५५ बिन्दुमा बन्द भएको छ । सोमबार ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज गोर्खास फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २८ करोड ९० लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । साथै, शिवम सिमेन्टको १३ करोड ७८ लाख रुपैयाँ र सोानापुरको ८ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

सोमबार दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बोलाजु) र सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त र बुद्धभुमि नेपालको शेयरमा नकारात्मक सर्किट लागेको हो ।

यता, ९ उपसूचक राताम्य भएका छन् । सोमबार बैंकिङ समूहको १.२२ प्रतिशत, विकास बैंक समूहको १.४९ प्रतिशत, फाइनान्स समूहको ०.८५ प्रतिशतले शेयर मूल्य घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*