फागुन महिनामा मात्र जीवन बीमा कम्पनी आर्जन गरे ९ अर्ब रुपैयाँ नविकरण शुल्क

१२ चैत्र २०८०, सोमबार १५:५४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुनमा मात्र ९ अर्ब ९ करोड ५३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरण सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क गत वर्षको फागुनको तुलनामा १०.०३ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत वर्षको फागुन महिनामा जीवन बीमा कम्पनीहरुले ८ अर्ब २६ करोड ६५ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क आर्जन गरेका थिए ।
यसअ अवधिमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले कात्तिक महिनासम्ममा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ नविकरणमार्फत बीमा शुल्क संकलन गरेको छ । फागुनमा नविकरण बीमा शुल्क आर्जनको आधारमा लाइफ इन्स्योरेन्स (कर्पोरेशन) नेपाल दोस्रो स्थानमा रहेको छ । कम्पनीले कात्तिक महिनासम्ममा १ अर्ब २७ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफको नविकरण बीमा शुल्क आर्जन ३.७५ प्रतिशतले बृद्धि भई १ अर्ब७ करोड रुपैयाँ आर्जन भएको छ । यस्तै नेशन लाइफको १०.२५ प्रतिशतले बढेर १ अर्ब ६८ लाख रुपैयाँ, एशियन लाइफको ४४.१८ प्रतिशतले बढेर ५६ करोड ९५ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ६.७३ प्रतिशतले बढेर ४८ करोड ८२ लाख रुपैयाँ नविकरण बीमा शुल्क बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*