स्पष्टीकरण पेश गरेपछि मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा

१२ चैत्र २०८०, सोमबार १६:४६

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीको शेयर सोमबारदेखि नेप्सेले फुकुवा गरेको हो ।

कम्पनीले धितोपत्र मूल्य संवेदनशील निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीबार सेयर कारोबार रोक्का गरेको थियो । ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत भनेको थियो।

‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेश गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धतापछि सेयर कारोबार खुला गरिएको हो ।

1711361568998

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*