यूनाइटेड अजोड इन्स्योरेन्सको डेढ लाख कित्ता शेयर बिक्रीमा

१३ चैत्र २०८०, मंगलवार ०७:४३

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

यस शेयरमा हाल संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ भने शेयर खरिदका लागि आवेदन दिदा न्यूनतम पाँच हजार कित्ता हुनुपर्नेछ ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सि.टि.सि. मल सन्धारा काठमाडौंमा खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*