सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई पाँच दिनमै २६ हजार रुपैयाँ फाइदा !

१३ चैत्र २०८०, मंगलवार ११:४१

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आइपीओ परेकालाई २६ हजार ७१० रुपैयाँ फाइदा भइसकेको छ । कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा न्यूनतम ५० कित्ताका लागि आवेदन गरेको थियो । आइपीओमा आवेदन दिदा १८ हजार ४५ रुपैयाँ खर्च भएको थियो ।

जसमा ५५ हजार ५२१ जनाले ५० कित्ता र बाँकी रहेको २६ कित्ता शेयर २६ जनाले थप एक एक कित्ताका दरले प्राप्त गरेका हुन् । कारोबारका आएको तेस्रो दिनमा कम्पनीको शेयर मूल्य ८९५.१० रुपैयाँ पुगेको छ । ५० कित्ता शेयर पाएकाहरुको डिम्याटमा अहिले ४४ हजार ७५५ रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयरमा लगातार पाँचौ दिन समेत सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*