चार दिनको ओरालो यात्रामा ब्रेक, कारोबार रकम भने खुम्चियो

१३ चैत्र २०८०, मंगलवार १५:१४

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । लगातार चौथो दिनसम्म ओरालो लागेको शेयर बजार आज १० दशमलव १४ अंकले बढेर २०३९ दशमलव २० को विन्दुमा कायम भएको छ ।

मंगलबार ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबारका दिन शिवम् सिमेन्ट, सोनापुर, जोशी हाइड्रोपावर र गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । आज शिवम् सिमेन्टको नौ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त, दोल्ती पावर कम्पनी र सर्बोतम सिमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त र बुद्धभुमि नेपालको शेयरमा नकारात्मक सर्किट लागेको हो । साथै आज धौलागिरी लघुवित्त, भगवति हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

शेयर बजार सामान्य अंकले बढेसँगै बैकिङ्ग उपसूचक, विकास बैंक उपसूचक, हाइड्रोपावर, नन लाइफ इन्स्योरेन्स लगायतका उपसूचकहरु बढेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*