सर्वोत्तम सिमेन्टको साढे २८ हजार कित्ता शेयर किनबेच, कति पुग्यो मूल्य ?

१३ चैत्र २०८०, मंगलवार १५:२०

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आज २८ हजार ७५३ कित्ता शेयर किनबेच भएको छ । लगातार पाँचौ दिन समेत कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज कम्पनीको २ करोड ५७ लाख २१ हजार ६११ रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर आज प्रतिकित्ता ८१ रुपैयाँ ३० पैसाले बढेर ८९५ रुपैयाँ १० पैसाले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*