डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१४ चैत्र २०८०, बुधबार ०६:५४

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत्र १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि बुक क्लोज गर्दैछ ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८१६ रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३२ प्रतिशतले हुन आउने रकम ८१ लाख ६३ हजार ६२१ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीको सभा चैत्र २५ गते आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा–चितवनमा बिहान १० बजेदेखि बस्नेछ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । त्यसैगरी, अन्य उपयुक्त लघुवित्त कम्पनीलाई गाभ्ने–प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्न कम्पनीले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*