चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १५ गते सकिँदै

१४ चैत्र २०८०, बुधबार ०८:१३

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको लक इन अवधि आउदो वैशाख १५ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४० लाख रुपैयाँ बराबरको ४० हजार कित्ता शेयर लक इन रहेको छ । कम्पनीले सार्वजनिक निष्काशन मार्फत निष्काशन गरेको शेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो।

कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*