सिद्धार्थ प्रिमियरको नगद लाभांश शेयरधनीको बैंक खातामा

१४ चैत्र २०८०, बुधबार ०८:३६

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको फागुन ३० गते सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा गराइएको छ । कम्पनीले फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको बैंक खातामा चैत्र ७ गतेदेखि नगद लाभांश जम्मा गराइएको जनाएको हो ।

हालसम्म पनि अभौतिकीकरण नगराएका वा डिम्याट खाता खोलेर पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीको हकमा डिम्याट खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक गराएपछि सोही बैंक खातामा नगद लाभांश जम्मा गराइने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*