बैंकले घटाए बेस रेट, ब्याजदर सस्तो पर्ने, कुन बैंकको ब्याज कति सस्तो ?

१४ चैत्र २०८०, बुधबार ११:५५

काठमाडौं । मुलुकमा सञ्चालित ‘क’ वर्गका (वाणिज्य) बैंकहरुले आधार दर (बेस रेट) घटाएका छन् ।वााणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतसम्ममा ०।०४ देखि ०।५४ प्रतिशतको विन्दुसम्म बीमा क्म्पनीहरुले बेस रेट घटाएका हुन् ।

वाणिज्य बैंकहरुको औसत आधार दर (बेस रेट) ०.२१ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनाको तुलनामा चैतमा औसतमा आधार दर घटेको हो ।

चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०५ प्रतिशत कायम भएको छ । यसअघि फागुनमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ९.३४ प्रतिशत थियो ।

यस अवधिमा २ बैंकबाहेक अरु सबै बैंकको आधार दर एकल अंकमा आएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको आधार दर जम्मा ७.५२ प्रतिशत रहेको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.६२ प्रतिशत छ । अरु १६ बैंकको आधार दर ८ प्रतिशतदेखि १० प्रतिशतको बीचमा रहेको छ । १० प्रतिशतभन्दा धेरै आधार दर हुनेमा कुमारी र प्राइम कमर्सियल बैंक रहेका छन् ।

ऋणको ब्याजदर निर्धारण हुने मुख्य आधार भनेको बेस रेट (आधार दर) हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋणको न्युनतम ब्याजदर कति हुनुपर्छ भन्ने संकेत आधारदर हो ।

राष्ट्र बैंकको नियम अनुसार राख्नुपर्ने तरलता, निक्षेपकर्तालाई दिने ब्याज, बैंकका कर्मचारीको तलब भत्ता, बैंक सञ्चालनका लागि लाग्ने घरभाडा लगायतका खर्च धान्ने गरी बैंकहरुले ब्याजदर निर्धारण गर्छन्

। सो ब्याज कतिसम्म भयो भने बैंकलाई घाटा हुँदैन भनेर निकालिने हिसाब आधारदरको गणना विधि हो ।

स्रोतः सम्बन्धित बैंक

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*