इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको निर्देशन

१४ चैत्र २०८०, बुधबार १२:५७

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय विवरणमा कैफियत देखिएको छ । बैंकको लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको हो ।

नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण प्रतिवेदन उल्लेख गरिएका कैफियतहरु पूर्ण रुपले सुधार गर्न तथा यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने ब्यवस्था मिलाउन भनेको हो ।

बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातका आधारमा जारी गरिएको एकीकृत निर्देशन न. ४/०८० को बुँदा नं. १ (झ) मा भएको ब्यवस्था बमोजिम आव.व २०७९/८० को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्दा लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा भनेको छ ।

राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले छोटो जवाफ पेश गरेको छ । बैंकले लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु पूर्ण रुपले सुधार गर्न तथा पुनः नहोहरिन आवश्यक ब्यवस्था मिलाइएको जनाएको छ ।

यो पनि पढ्नुहोस्:

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडे जेल जाने, छायाँ सेन्टरको छानविन घेरामा अन्य को-को ? (सूचीसहित) 

इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पाण्डेलाई वार्षिक ३ करोड तलब भत्ता, शेयरधनीको हात रित्तो

एउटै काण्डमा प्रभु बैंकका डेपुटी पक्राउ, इन्भेष्टमेन्ट बैंकका कर्मचारीलाई उन्मुक्ति, राष्ट्र बैंक र सिआईबीमाथि नै प्रश्न

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*